नक्सा प्रिण्ट सम्बन्धी कार्यविधि

कुनै व्यक्ति वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ता जग्गाको नक्सा प्रिण्ट माग गर्दा देहाय बमोजिमका प्रमाणहरु संलग्न गर्नुपर्नेछ ।

१. जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,

२. वित्तीय संस्थाले वित्तीय प्रयोजनका लागि माग भएको भए उक्त संस्थाको पत्र र जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,

३. सरकारी निकायले माग गरेको भए गा.वि.स./गा.पा. /न.पा., नक्सा नम्बर सीट नम्बर र कित्ता नम्बर स्पष्ट उल्लेख गरी प्रयोजन समेत खुलाईएको पत्र,

४. प्रिण्ट माग हुने कित्ताका लागि तोकिएको राजश्व बुझाएको रसिद।