फिल्ड रेखाङ्कन सम्बन्धी कार्यविधि

जग्गाधनीले आफ्नो स्वामित्वमा रहेको कित्ताको फिल्ड रेखाङ्कनका लागि देहाय बमोजिमका कागजात संलग्न गरी अनुसूची २० बमोजिमको ढाँचामा निवेदन पेश गर्नु पर्नेछ ।

(क) जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,

(ख) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

(ग) चालु आ.व.को तिरो तिरेको रसिदको प्रतिलिपि

(घ) रेखाङ्कन माग गरिएको कित्ता देखिने नक्सा प्रिष्ट

(ङ) पारित लिखतको प्रतिलिपि