फिल्डबुक, प्लट रजिस्टरको प्रतिलिपि उपलब्ध गराउने सम्बन्धी कार्यविधि

कुनै व्यक्तिले कार्यालयमा देहायका कागजात संलग्न गरी अनुसूची २७ बमोजिमको ढाँचामा फिल्डबुक वा प्लट रजिस्टरको प्रतिलिपिका लागि कार्यालय प्रमुख समक्ष निवेदन दिन सक्नेछ ।

(क) जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,

(ख) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

(ग) चालु आ.व. को तिरो तिरेको रसिद,

(घ) सरोकारवाला पुष्टी हुने अन्य कागजातहरु,

(ङ) निवेदकको नाममा स्रेस्ता कायम नरहेको वा जग्गाधनी दर्ता प्रमाणपुर्जा नभएको कित्ताको सन्दर्भमा निज वा निजको नाता प्रमाणले सरोकार देखिने कागजातहरु वा स्थानीय तहको सिफारिस ।